काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ ।
सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूहमा विभाजन गरेर छलफल हुदैँछ ।
आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल हुन लागेको हो ।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनुहुन्छ । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति : ११ असार २०८०, सोमबार ६ : ५८ बजे
प्रतिक्रिया