उपप्रधानमन्त्री श्रेष्ठ चार दिने भ्रमणको लागि चीन जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुहुने भएको छ ।

आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उहाँ चीन जान लाग्नु भएको हो ।  उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उहाँ चीनको छेन्दु सहरमा जान लाग्नुभएको हो । 

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो ।  उहाँको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ चार दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । 

उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ४१ बजे