बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,  दुई घाइते

ढोरपाटन । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिवार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । 

जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ०१ बजे