सुनको मूल्यमा नयाँ कीर्तिमान

१६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

 

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ५ : ०४ बजे