सुनको मूल्यमा नयाँ कीर्तिमान

नेदरल्याण्डस्‌विरुद्ध नेपालले दियो १६८ रनको सामान्य लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुईदुई विकेट हात पारे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : १४ बजे