सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालको पहिलो विकेट पतन, आसिफ डकआउट

काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत शनिबारको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ। खेलको दोस्रो ओभरमै नेपालका आसिफ शेख डकआउट भएका हुन्।

ओपनर ब्याटर शेखलाई नेदरल्याण्ड्सका बलर भान बिकले बोल्ड गरे। टस जितेर नेपाललाई ब्याटिङको निम्तो पाएको नेपाल तेस्रो ओभर सकिँदा ८ रन बनाएर खेलिरहेको छ।

नेपालका अर्का ओपनर ब्याटर कुशल भुर्तेलले १५ बल खेलर ७ रन बनाएका छन् भने भर्खरै भीम सार्की मैदानमा आएका छन्।

जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा शनिबार दिउँसो पौने १ बजेबाट खेल भइरहेको छ।

आईसीसी विश्वकप छनोटमा नेपालले सुरूका तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ। यसकारण पनि नेपालले यसअघिको यात्रा तय गर्न आज नेदरल्याण्ड्सलाई जित्नैपर्ने हुन्छ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : ४७ बजे