साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पहिलो पटक छोरी सारासँग सैफ अलीको सहकार्य

मुम्बई । अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरञ्जन दिन सफल छन् । 

अधिकांश दर्शकले यी बाबु छोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरूलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबु छोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे । तर अब भने उनीहरू एकसाथ पर्दामा देखिँदै छन् । उनीहरूले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरूले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायाङ्कन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।

‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्‍यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् । 

साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मन पराएपछि बक्स अफिसमा सफल भएको थियो । सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ४९ बजे