मनसुनी वायुको प्रभाव, काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷ चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

मधेस, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै कोसी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा र मेघ गर्जन चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्र्यान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०९ गते (शनिवार) 
दिउँसो
:  देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १० गते (आइतबार) 
दिउँसो
:  देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
​​​​​​​राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८० आषाढ ११ गते (सोमबार) 
दिउँसो: 
देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ३८ बजे