सुनको मूल्यमा नयाँ कीर्तिमान

साफ च्याम्पियन : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ ।  १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल फुटबल टिम र भारतबीच आज प्रतिस्पर्धा हुदैँछ ।  

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल आज राति पौने ८ः००  बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।  सो प्रतिस्पर्धामा भारत विजेता बनेको थियो भने नेपाल उपविजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् । 

आजसम्म दुवै देशबीच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ । 

बाँकी ५ खेल बराबरीमा टुङ्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्। 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २२ बजे