सुनको मूल्यमा नयाँ कीर्तिमान

 आइसिसी विश्वकप छनोट : नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ  । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । 

आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेबाट सुरु हुनेछ ।

दुई वटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर ६ मा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भएपछि नेपाललाई थप दबाब परेको छ । 

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीन वटा खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिने छ । जसका कारण पनि नेपालले निकै मेहनतका साथ आफ्नो प्रदर्शन देखाउनु पर्ने हुन्छ । 

यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।  

तर, चार चार पटक विश्वकप विजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ । 

सुपर ६ मा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समूह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : १५ बजे