साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’

काठमाडौँ – पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिनुभयो । 

    “सम्झौता भएसँगै यसको अन्य प्राविधिक कामसमेत सोही कम्पनिअन्तर्गत रहेर गरिनेछ । फरक विषयवस्तुलाई उठान गरिएको चलचित्र विश्वभर प्रदर्शन हुँदा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र प्रवर्द्धन गर्न सफल हुने विश्वास लिएकी छु”, निर्देशक भट्टले भन्नुभयो । 

    समुदाय (लिङ्ग)भित्र पर्नेको जीवनमा ‘गुन्युचोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नामले कथालाई झनै मदत गरेको निर्देशक भट्टको भनाइ थियो । चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतले अभिनय गर्नुभएको छ । यसमा कथा लेख्न निर्देशक भट्ट र पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गर्नुभएको छ । 
 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ०४ बजे