साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वितरकले नै रोके आदिपुरुष प्रदर्शन

काठमाडौँ । भारतीय फिल्म आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको फिल्मका वितरक मनोज राठीले जानकारी दिए । अरु भारतीय फिल्म चलाए पनि आदिपुरुष हलहरूमा नचलाइने उनले बताए ।

वितरकले नै फिल्म नचलाउने भएपछि आफूहरूले चलाउन नमिल्ने चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगानाले बताए ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन आदेश गरेको थियो । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको थियो ।

अदालतको यो आदेशसँगै फिल्म आदिपुरुषको प्रदर्शनको बाटो खुले पनि वितरकले नै प्रदर्शन नगर्ने भनेपछि फिल्मको प्रदर्शन रोकिएको हो । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।

प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।

मेयर बालेन्द्र शाहले  याे मामिलामा अदालतकाे आदेश पनि मान्न नसकिने बताएका िथए । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ३८ बजे