काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्दै भिडियो सन्देश दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यही असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा भिडियो सन्देश दिनुभएको हो ।
भिडियो सन्देशमा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले करेसाबारीमा फर्सीको मुन्टा टिप्दै कृषिमा आधुनिकीकरण खोज्नुपर्ने बताउनुभएको छ ।
एमालेले १५ गते चितवनमा राष्ट्रिय धान दिवस मनाउँदै छ । सोही अवसरमा अध्यक्ष ओलीले सन्देश दिनुभएको हो ।
कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित) :
प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १० : ५५ बजे
प्रतिक्रिया