चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा.बस्नेत नियुक्त

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा डा.भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । 

न्याम्सका निमित्त उपकुलपति समेत रहनुभएका डा.बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गर्नुभएको हो । 

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उपकुलपतिका नियुक्ति हुनुभएका डा.बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहनुभएको थियो ।  

काँग्रेस निकट डा.बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : १२ बजे