नेपालले तीन विकेटको क्षतिमा ५५ रन बनायो

काठमाडौँ । विश्वकप छनोट खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । ११ औँ ओभरको अन्तिम बलमा उनी २८ रन बनाउदै कीमो पलको बलमा आउट भए ।

अहिले वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाएको थियो ।

यो समाचार तयार पार्दासम्म नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ५५ रन बनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ६ : ३७ बजे