साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

​​​​​​​काठमाडौँ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा सहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ ।

चेक रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा सहरमा जुन १३ देखि १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूह सहभागी थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र)को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको सङ्गीत संयोजन थियो । 

मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौँ नृत्यहरू प्रस्तुत गरिएका थिए 

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरव कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : १० बजे