जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । 

आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात् १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गरिनेछ । 

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउने समेत बुझिएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ७ : २४ बजे