साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालेन्द्र शाहकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् ।

मेयर बालेन्द्र साह (बालेन)का पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै रेशुले राजीनामा दिएकी हुन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।

उनले सामाजिक संञ्जालमा लेखेकी छिन्, ‘लोकतन्त्र भनेको सबै पक्षसँग समन्वय,छलफल र सहकार्य आवश्यक हुन्छ । हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला लगाएको थियो । कार्यक्रम सञ्चालन गर्ने बेलामा नगर प्रहरी पठाएर जबर्जस्ती हटाउन लगाउने होइन । लिखित भए पनि ‘डिग्निफाइड क्लोजर’ हुन्छ नि !’

उनले महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् । उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् ।

पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ३२ बजे