बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्य पहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ ।रासस

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ४३ बजे