साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल–कुवेत भिड्दै

काठमाडौँ । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र कुवेत बीचमा प्रतिस्पर्धा हुँदैछ  ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल  दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो । आमन्त्रित टिमको रूपमा साफमा सहभागी हुन लागेको कुवेतसँग नेपालले आज आफ्नो जीत दर्ज गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । 

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् । 

 

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ३५ बजे