काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।
प्रकाशित मिति : ६ असार २०८०, बुधबार ६ : ५२ बजे
प्रतिक्रिया