सुनको मूल्यमा नयाँ कीर्तिमान

आरती साह हत्या प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माइतीपक्षको विरोध

धनुषा । आरती साहका लागि न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ । 

आरती साहको माइतीपक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 

मंगलबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडी प्रदर्शन गर्ने क्रममा उनीहरूले ढुंगामुढा गरेका छन् । ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् ।

आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : १४ बजे