आज वर्षाको सम्भावना

जीप दुर्घटनामा मन्त्रीसहित तीनजना घाइते

बझाङ ।  बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित तीन जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते हुनुभएको छ । 

 प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते अन्य दुई जनाको नाम र ठेगाना खुल्न सकेको छैन । मन्त्री सिंहसहित घाइतेको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

 थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप  सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो । 
 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : २९ बजे