आज वर्षाको सम्भावना

पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ४४ बजे