आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते

खैबर पख्तुनख्वा – आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ७२ जना घाइते भएका छन्।

बन्नु डिभिजनमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् भने प्रान्तीय राजधानीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बन्नुका कमिश्नर परवेज सबतखेलले डनलाई बताए अनासर बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावासँगै भारी वर्षा भएको छ। उहाँका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु र ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन् । त्यसैगरी उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ ।

क्षतिको आँकलनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको र जिल्ला प्रशासनलाई सर्तक अवस्थामा राखिएको बताइएको छ । उहाँले विपद्पीडित जनतालाई तत्काल सहयोग पु¥याउनका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको दाबी गर्नु भएको छ ।
शक्तिशाली हुरी र मुसलधारे वर्षाले दक्षिणी क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको छ ।  बाढीले सडकमा क्षति पुर्याएको छ। 

उद्धारकर्मीहरूले बन्नुको कक्की, खुजारी र हवेद क्षेत्रबाट उद्धार गरी १५ जना पीडितलाई अस्पताल पुर्यााएको उल्लेख गरेका छन्।
पेशावरमा वर्षाका कारण भएका विभिन्न दुर्घटनामा दुई जनाको मृत्यु भएको  छ भने पाँच जना घाइते भएको उद्धारकर्मीले जानकारी दिएका छन्।

बडाभेरमा पर्खाल भत्किएको र निस्ताराबादमा मस्जिदको गोठ भत्किएको रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले बताउँनु भएको छ । त्यसैगरी हावाहुरीले गभर्नर हाउस बाहिरका रुखहरु ढलेका छन् ।

जुन १० मा बन्नु र लक्की मारवाट लगायत दक्षिणी क्षेत्रहरूमा आएको शक्तिशाली आँधी, भारी वर्षा र असिनाको पहिलो चरणमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने १४५ जना घाइते भएका थिए ।

रासस-एएनआई

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ४३ बजे