घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ ।

फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएसँगै बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन । तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थप गरिएको थियो ।

यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ ।

कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको स्रोतले बतायो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : २६ बजे