आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

नयाँ दिल्ली – भारतले छत्तीसगढ क्याडरका आईपीएस अधिकारी रवि सिन्हालाई देशको गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विंग ‘र’ को नयाँ प्रमुख नियुक्त गरेको छ।

छत्तीसगढ क्याडरका १९८८ ब्याचका आईपीएस रवि सिन्हा वर्तमान प्रमुख सामन्त गोयल, आईपीएस (पञ्जाब १९८४) को उत्तराधिकारी बन्नेछन् । गोयल जुन ३० मा सेवानिवृत्त हुँदैछन्।

रवि सिन्हा दुई वर्षसम्म ‘र’ को प्रमुख पदमा रहने छन् । अहिले उनी केन्द्रीय मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको पदमा कार्यरत छन् ।

रिसर्च एण्ड एनालिसिस विंग ‘र’  सेप्टेम्बर १८६८ मा स्थापना भएको थियो। यसको मुख्य कार्यहरू विदेशी जासुसी भेला, प्रतिआतंकवाद, भारतीय नीति निर्माताहरूलाई सल्लाह दिने र भारतको विदेशी रणनीतिक हितलाई अगाडि बढाउनु हो।

रिसर्च एण्ड एनालिसिस विंग स्थापना हुनुअघि विदेशी जासुसी सङ्कलन मुख्य रूपमा इंटेलिजेंस ब्यूरो (आईबी) को जिम्मेवारी थियो, जुन ब्रिटिश राजको समयमा भारत सरकार द्वारा बनाइएको थियो।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ५७ बजे