कोसी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता सुरु

विराटनगर । कोसी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी बीचको वार्ता सुरु भएको छ ।  

विराटनगरस्थित बिग होटलमा डेढ घण्टा ढिलो गरी वार्ता सुरु भएको हो । 

सो वार्तामा सरकारको तर्फबाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित हुनुहुन्छ५ भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहनुभएको छ । गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोसी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो, जुन आन्दोलनमा एक जनाको मृत्यु समेत भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : २३ बजे