आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बस दुर्घटनामा हुँदा पाकिस्तानमा १३ जनाको मृत्यु, ३२ घाइते

इस्लामबाद । पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।  

सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ । 

पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।  

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ । 

निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन् । यसबाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ । 

गत फागुनमा पनि सोही क्षेत्रमा ठुलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुई वटा कार ठोक्किए र दुवै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो। उनीहरू सबै बिहे गरेर फर्केका थिए ।  

प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ३९ बजे