युइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

काठमाडौँ । स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । 

क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के छि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो ।  

यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ४८ बजे