मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, बाढी, पहिरो, भू-क्षय हुनसक्ने हुनाले सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा  रहेको छ। कोसी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। 

कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङ, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०८० आषाढ ०४ गते (सोमबार)
​​​​​​​दिउँसो:
कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती: कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी  प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०८० आषाढ ०५ गते (मङ्गलवार)
दिउँसो:
कोसी प्रदेशमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी , मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०६ गते (बुधवार) 
दिउँसो:
  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी, बागमती, मधेस र लुम्बिनी  प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : २४ बजे