प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल सकिएको थियो । 

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ५० बजे