भाउ नपाएपछि फ्याँकियो गोलभेँडा

​​​​​​​​​​​​​​काठमाडौं । उचित मूल्य नपाएको भन्दै  कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानहरूले गोलभेँडा फालेका छन्।

४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएपछि किसानहरुले आज बिहान गोलभेडा फालेर आन्दोलन गरेका हुन् ।

कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा ब्रिकी भइरहदा नेपाली गोलभेँडा भने ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।​​​​​​​

 

नेपाली उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाउदा किसानले तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ०८ बजे