आज वर्षाको सम्भावना

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्यमा विष्णुमणि आचार्य 

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्यमा विष्णुमणि आचार्य मनोनीत हुनुभएको छ । 

इन्द्रावती मेलम्ची खानेपानी उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका आचार्यलाई खानेपानी मन्त्रालयले बोर्ड सदस्यमा मनोनीत गरेको हो । 

लामो समयदेखि राजनीतिमा रहनुभएका आचार्य विभिन्न सङ्घ संस्थाहरूमा काम गरिसकेका ब्यत्ति हुनुहुन्छ । 

मेलम्ची खानेपानी विकास समितिमा मेलम्ची-याङ्ग्री- लार्के नदीबाट प्रभावित सरोकारवाला हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिअन्तर्गत मेलम्ची नगरपालिकाको ११ वटा वडा, हेलम्बु गाउँपालिकाको ७ वडा, याङ्ग्री लार्के स्थानीय सरोकार समितिअन्तर्गत मेलम्ची नगरपालिकाको २ वडा, पाँचपोखरी थाङ्पाल गाउँपालिकाको ८ वडा, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिअन्तर्गत इन्द्रावती गाउँपालिकाको ८ वडा, चौतारा साँगाचोकगढी नगरपालिकाको ५ वडा, र काभ्रेपलान्चोक जिल्लास्थित मण्डन उपत्यका सामाजिक उत्थान समाजअन्तर्गत मण्डन देउपुर नगरपालिकाको १३ वडा गरी ५८ वडा पर्दछन् । 

आचार्यसँगै जनप्रतिनिधिहरूको तर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासमेत बोर्ड सदस्यमा मनोनीत हुनुभएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ४५ बजे