फलफूल तथा तरकारीको आजको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार मालदह आँप ७०, भारतीय लुच्ची २५०, लोकल लुच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।

लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटर कोसा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ६, लौका ५० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५० रुपैयाँ, चमसूरको साग १००, न्युरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ७०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१०, ताजा माछा९मुंगरी०  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ५९ बजे