साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक

​​​​​​​सिन्धुपाल्चोक । सिन्धुका पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । 

शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा पुस्तक लोकार्पण गरिएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

उपन्यासमाथि टिप्पणी गर्दै उहाँहरूले सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले पुस्तक अब्बल रहेको बताउनुभयो । लेखक नेपालले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेट्नुभएको छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ०० बजे