नेपालले पहिलो पटक टेस्ट टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दै छ । 

हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावे विरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपराह्न १२ः४५ बजेबाट सुरु हुनेछ ।  

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । 

अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोवैज्ञानिक रूपमा कमजोर अनुभूति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमीले जनाएका छन् ।  

सो खेलबारे नेपाल क्रिकेट सङ्घले भनेको छ, 'राइनोज (नेपाल)ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आइसिसी विश्वकप छनोटका लागि तयार भएका छन् ।'

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : १९ बजे