आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

ओटावा – क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको  तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या  ४ करोड पुगेको देखिएको छ । 

क्यानाडाको जनसङ्ख्या हाल  तीव्र गतिमा बढिरहेको छ ।  सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो ।   यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक  यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।

सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।

क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी-७ देशहरूमा अग्रपङ्तिमा छ ।

यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।

रासस- सिन्ह्वा

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ०६ बजे