आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आदिपुरुष विवाद : प्रदर्शनमा प्रतिबन्ध लगाउन दिल्ली हाईकोर्टमा निवेदन

एजेन्सी । प्रभास स्टारर आदिपुरुष जुन १६ मा रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मको रिलिज रोक्नको लागि दिल्ली हाईकोर्टमा निवेदन परेको छ ।

यो याचिका हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताको तर्फबाट दायर गरिएको हो । निवेदनमा फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरिएको छ ।

विष्णु गुप्ताले निवेदनमा भनेका छन् – फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ ।

चलचित्र आदिपुरुषमा भगवान राम, सीता र हनुमानलाई जसरी चित्रण गरिएको छ त्यो महर्षि वाल्मीकिको रामायण र तुलसीदासको रामचरितमानससँग विपरित रहेकोले फिल्म रोक्न माग गरिएको निवेदनमा उल्लेख छ ।

जुन विवाद फिल्म रिलिजअघि भएको थियो, अहिले फिल्म रिलिजपछि पनि त्यही विवाद भइरहेको छ । फिल्मलाई लिएर सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड देखिएको छ ।

ओम राउत निर्देशित चलचित्र ‘आदिपुरुष’मा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंहको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  २ : ४३ बजे