मन्थली विमानस्थलमा पानी पस्यो

यस्तो छ आज तरकारीको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । 

समितिका अनुसार ठुलो नेपाली गोलभेँडा, लाम्चो भन्टा, तने बोडी, रातो मूला, सेतो आलु, चिचिन्डो, र लोकल घिउ सिमी प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेँडा ५ रुपैयाँ ८० पैसा, टनेल गोलभेँडा प्रतिकेजी १० रुपैयाँ रहेको छ ।

यस्तै, रातो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, मकै बोडी, हाइब्रिड घिउ सिमी, तराई परवर, झिगूनी र स्कूस, प्रतिकेजी ४५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, डल्लो भन्टा र भिण्डी ५५ रुपैयाँ, मटर कोसा १५० रुपैयाँ रहेको छ । 

यसैगरी, टाटे सिमी १४५ रुपैयाँ, तितो करेला ३२ रुपैयाँ ५० पैसा, भटमासकोशा १४६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ३६ बजे