आज वर्षाको सम्भावना

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृ शोक

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृ शोक परेको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : २४ बजे