संसदीय सुनवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्की, प्रश्नोत्तर जारी

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ ।  

सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्य योजनाका विषयमा सांसदहरूले प्रश्न सोध्ने क्रम जारी रहेको हो । 

संसद् सचिवालयका कर्मचारीका अवरोधका कारण आधा घण्टापछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उहाँले जवाफ दिने समितिले जनाएको छ । 

संसदीय समितिले उहाँको नाम अनुमोदन गरे हाल कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ११ बजे