साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आदिपुरुष विवाद: बालेन्द्रको कदममा दीपकराज गिरीको समर्थन

काठमाडौँ । 'आदिपुरुष' चलचित्रका बारेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लिएको कदममा कलाकार दीपकराज गिरीले समर्थन जनाउनुभएको छ । 

मेयर साहले सीतालाई भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि सो शब्द नसच्चाएसम्म काठमाडौँमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाउनुभएको हो । 

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो विरुद्धको आवाज सही हो, सच्चाउनुपर्छ’ गिरीले समर्थन जनाउँदै भन्नुभएको छ ।  

मेयर साहले  ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस ।’ उहाँले भन्नुभएको छ । 

मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ४७ बजे