प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

सङ्घीय संसद् भवनमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । 

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५८ बजे