सुनको मूल्यमा नयाँ कीर्तिमान

यी कलाकार र युट्युबरहरू जो वानएक्स बेटमा पक्राउ परे

काठमाडौँ । वानएक्स बेटमा विभिन्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई  पक्राउ गरेकोमा सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा  गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार बल्छी ध्रुवेु मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई रहेका छन्।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्।

उनीहरूलाई युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा  पक्राउ गरेको हो। उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको थियो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : ४७ बजे