२७ डिएसपीको सरूवा, ४६ जनाको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा र पदस्थापन गरेको छ। 

बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन भएको हो। 

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका तुल्सीराम अर्यालको इलाका प्रहरी कार्यालय टिकापुरमा सरूवा भएको छ। टिकापुरमा रहेका उद्धवसिंह भाटको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा सरूवा भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक टर्मिनलमा रहेका रविन्‍द्रमान गुरूङको प्रहरी वृत्त सिंहदरबारमा सरूवा भएको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय विराटनगरमा रहेका सन्तोष तामाङको नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो। 

चिनिमाया तामाङको प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अनुगमन तथा मूल्यांकन शाखामा सरूवा भएको हो। 

बढुवामा पहिलो नम्बरमा रहेका रञ्जन अवाको जिल्ला प्रहरी कार्यालय धादिङबाट मानव बेचबिखन ब्युरो पिलर १ नेपाल भारत र अंग तस्करीमा पदस्थापन भएको छ। कमल बेल्बासेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अन्वेषण योजना शाखामा पदस्थापन भएको हो। 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : ३९ बजे