राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। ३ महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो।

सरकारले मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए।

बैठकले निवर्तमान मुख्यसचिव वैरागीको राजीनामा स्वीकृत गरेको छ। बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजमा सकिँदै थियो।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : ४७ बजे