सुनको मूल्यमा नयाँ कीर्तिमान

अनलाईन सट्टेबाजीमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ पक्राउ

काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् । 

बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।  

उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : १५ बजे