राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार वैरागीद्वारा शपथ

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त हुनुभएका निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीले शपथ लिनुभएको छ । 

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई शपथ गराउनुभएको हो । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो । 

मन्त्रिपरिषद् बैठकले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ११ : ४२ बजे