सुनुवाइ समिति बैठक : प्रस्तावित प्रधानन्यायाधीश कार्कीले पेस गरे कार्ययोजना, भोलि सवालजवाफ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबारको संसदीय सुनुवाइ सकिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनी उपस्थित भएका थिए । बुधबार उजुरीकर्तासँग छलफल गरेको समितिले सुनुवाइका लागि बिहीबार कार्कीलाई बोलाइएको हो । सो क्रममा बैठकमा कार्कीले न्यायालयमा हुने विचौलियाको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गरेका छन् । 

आफूले न्यायाधीशको इमान कायम राखेको दाबी गर्दै उनले विचौलियाका गतिविधि सूक्ष्म निगरानीमा राख्ने जानकारी दिए । उनको बिहीबारको सुनुवाइ सकिएको छ । शुक्रबार फेरि सुनुवाइ हुनेछ । त्यसबेला सांसदहरुले उनको कार्ययोजनासहितका विषयमा प्रश्न गर्नेछन् भने कार्कीले जवाफ दिने कार्यक्रम छ । 

१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई गत २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो । 
 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ११ : ३१ बजे